काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र इजरायलका विदेशमन्त्री एलि कोहेनबीच टेलिफोन संवाद भएको छ । सोमबार दिउँसो साउद र कोहेनबीच त्यहाँ जारी हमास समूहले गरेको आक्रमणका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

त्यहाँ अलपत्र परेका नेपालीको उद्धारका लागि समन्वय गर्न मन्त्री साउदले विदेशमन्त्री कोहेनसँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ । आजै साउदले त्यहाँस्थित नेपाली विद्यार्थीसँग पनि भिडिओ वार्ता गरेका थिए । इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री साउदले बताएका छन् ।














