
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।
बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा रहेको जनाइएको छ ।
शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।














