Logo
Logo

सरकारले भन्यो- मुख्य संकट टर्‍याे, सबै विद्यार्थी सुरक्षित स्थानमा पुगिसके


504
Shares

काठमाडौं । सरकारले नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको बताएको छ । सोमबार रातिसम्म ५० भन्दा बढी विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

त्यस्तै मन्त्रालयले नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने तयारी गरेको छ । मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै मन्त्रालयले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरेको छ ।

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्