Logo
Logo

राष्ट्रियसभा बैठक शुक्रबारसम्मका लागि सर्यो


504
Shares

काठमाडौं । आज (मंगलबार) का लागि तोकिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक राष्ट्रिय शोक विदाका कारण स्थगित भएको संघिय संसद सचिवालयले जनाएको छ ।

इजरायलमा प्यालेष्टानी आतंकवादी हमास समुहले गरेको आक्रमणमा परि दश जना नेपाली विद्यार्थीको निधन भएपछि सरकारले आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।

अब राष्ट्रिय सभा बैठक असोज २६ बिहान ११:३१ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्