Logo
Logo

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि


630
Shares

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको अध्यक्ष यादवले जानकारी दिए । अधिवेशनले २ सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्