
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युलीबीच शिष्टचार भेटबार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।














