Logo
Logo

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षका १ सहित ३ जनाको उम्मेदवारी फिर्ता


756
Shares

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य बनाउने समझदारीपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।

यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । अब दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्