Logo
Logo

अर्थ सचिवमा को ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । अर्थमन्त्रालयका सचिव राजन खनाल माघ २२ मा अवकाश हुँदैछन् । उनी अवकाश भएपछि रिक्त अर्थसचिवमा हालका राजस्व सचिव शिशिर ढुंगानाले जिम्मेवारी पाउने संभावना छ । प्रधानमन्त्री कार्यालयमा हुँदा उनको कामबाट ओली प्रभावित भएकाले अर्थमा उनको संभावना प्रबल देखिएको छ । अर्थको राजस्व सचिवमा योजना आयोगका लक्ष्मण अर्यालको नाम छ । अर्याल २२ वर्षसम्म अर्थ मन्त्रालयमा बसेर कुशलतापूर्वक कार्यसम्पादन गर्ने कर्मचारी हुन् । बजेट र राजस्वसम्बन्धी विज्ञता हासिल गरेका अर्याल आन्तरिक राजस्व विभागमा हुँदा नक्कली भ्याट बिल प्रकरणलाई बाहिर ल्याउन सफल भएका थिए ।

उता, समायोजन महाशाखामा बसी कर्मचारी समायोजन कुशलतापूर्वक सम्पन्न गरेका सहसचिव केदार पनेरुलाई अर्थ मन्त्रालयमा लैजान लागिएको छ । उनलाई अर्थमा लगेर भन्सार वा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्