Logo
Logo

एमाले जुम्ला उपाध्यक्ष शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप


6.8k
Shares

सुर्खेत । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । 

शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले किशोरीलाई फकाएको र प्रलोभन देखाएका छन् । 

शाहीविरुद्ध किरोशीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ । प्रहरीको अनुसार शाहीवरुद्ध मंगलबार मुद्दा दर्ता भएको हो । पीडित किशोरीका बुबाले बालबालिका सम्मबन्धि ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् । 

शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैँ बेहोरिदिने र बदलामा संवेदनशील अङ्गको फोटो पठाउनुपर्ने र यौन सम्बन्ध राख्न प्रस्ताव राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्