Logo
Logo

राष्ट्रपतिद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्