Logo
Logo

शेखर समूहबारे निर्णय गर्न काेशीमा कांग्रेसकाे बैठक बस्दै


5.9k
Shares

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षले मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि किचलो थप बढेको छ ।

कोशी सरकारको भावी नेतृत्वका लागि कोइराला पक्षधरका केदार कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरेपछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिन कांग्रेसले प्रदेश संसदीय दलको बैठक बोलाएको छ ।

बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ । तर, कार्की समूहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्