
काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् । अब निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने उनको भनाइ छ ।
‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । अब निर्वाचन प्रक्रियाले अन्तिम रुप दिइने छ । आजै पदाधिकारी निर्वाचित भएको घोणा हुन्छ,’ उनले भने ।














