Logo
Logo

कसरी साकार हुने ?



हमासले सास लियो
कलिला फूलहरूको
जसले आफ्नै मुलुकमा फुल्न पाएनन्
त्रिमूर्तिको गफको विकासमा
कतै निकास नहुँदा
बिदेसिनु पर्ने बाध्यता
त्यो बाध्यताको परोक्षताले दिएको
इन्द्रको विलासी राजसरह रमेका
मदहोश, मदहोश यी
फगत आकार हुन्
बेकार हुन्
अनि त बाँकी छ
केवल आकार मात्र सरकारको

यो झुन्ड
उभाइयो, उभियो
रामवाण ओखती
निरञ्जन निराकारको
त्रिमूर्ति बनेका
यी भित्र अरू समाहित छन्
भित्र बाहिर गर्दछन्
प्रसाद लिन्छन्, खान्छन्, खुवाउँछन्
अन्तको निहित उद्देश्य पूर्ति नहुन्जेल
एउटै मण्डल बने यी
त्यसपछि अदली बदली गठबन्धन
प्रोक्सी टुपीको
आलोपालो प्रसाद खाने यी
सत्ताको स्वार्थ, भत्ताको लोभ
अन्तिम लत्तोसम्म अन्त बुझाउने
यसरी बनेको सरकार
यसको आकार छ
अरू नखोजौँ, विप्र
झिम झिम गर्ने मूर्ति हो यो
कसरी साकार हुने ?

प्रतिक्रिया दिनुहोस्