Logo
Logo

कातिक १२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित


441
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कातिक १२ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्दै कातिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

शुक्रबार बसेको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै, विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्