Logo
Logo

हार्ड रक क्याफेमा स्तन क्यान्सर नियन्त्रणबारे छलफल



काठमाडौं । नेपाल क्यान्सर अस्पताल र हार्ड रक क्याफेको आयोजनामा स्तन क्यान्सर नियन्त्रण र यसबाट बच्ने उपायको बारेमा छलफल भएको छ ।

‘विश्व स्तन क्यासर दिवस’को अवसरमा शुक्रबार दरबारमार्गस्थित हार्ड रक क्याफेमा आयोजित कार्यक्रममा स्तन क्यान्सरबाट सभाइभर भएका महिला तथा पुरुषले आफ्ना अनुभव सुनाएका थिए । उनीहरुले ‘क्यान्सर लाग्नासाथ मृत्यु भइहाल्छ’ भन्ने आम मान्यता मिथ्या रहेको सुनाए । स्तन क्यान्सर सभाइभरहरुले यसको उपचार समयमा भए जित्न सकिने बताएका थिए ।

स्तन क्यान्सरबारे विश्वव्यापी चेतना फैलाउँदै आएको हार्ड रक क्याफेले आफ्ना होटल, रेष्टुरेन्ट र क्यासिनोहरुमा यसका बारेमा आफ्ना ग्राहकलाई जानकारी गराउँदै आएको छ । सोही समूहले नेपालमा पनि क्यान्सर सर्भाइभरहरुलाई सहयोग गर्दै आएको हो ।

कार्यक्रममा हार्ड रकले २४ औं पिङ्कटोबर प्रचारमा विश्वभरि एकजुट र स्तन क्यान्सरबाट प्रभावितहरुलाई यसको रोक थामकालागि चनचेतना फैलाउन हार्ड रक इन्टरनेशनलका अध्यक्ष जिम एलेन आग्रह गरेको सन्देश सुनाइएको थियो । हार्ड रक क्याफे काठमाडौंमा स्तन क्यान्सरले प्रभावित गरेका व्यक्तिलाई समर्थन गर्न कार्यक्रमको आयोजना गरिएको पनि क्याफेका सहायक महाप्रवन्ध नारायण सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्