Logo
Logo

प्रहरीलाई ९८ दिन सुत्केरी बिदा, ६ वर्षसम्म अध्ययन बिदा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ माघ ।
सरकारले गत आइतबार प्रहरी नियमावली पनि संशोधन गर्दै एसएसपी बढुवाका प्रावधान हेरफेर तथा प्रहरी चिकित्सकका सुविधा थपेको छ । एसएसपी बढुवामा चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान संशोधन गरी तीन वर्ष बनाइएको छ । नियमावलीको दफा २८ को १ (क) मा संशोधन गरी तीन वर्ष बनाइएको हो ।

नियमावलीमा स्वास्थ्य उपसमूहका कर्मचारीको नियुक्तिका लागि सिफारिस भएको क्रमअनुसारको योग्यताक्रम लागू हुने भएको छ । अन्य पदमा तालिममा प्राप्त गरेको अंकको आधारमा योग्यताक्रम लागू हुन्छ । त्यस्तै, महिला प्रहरीले सुत्केरी बिदा ९८ दिन पाउने भएका छन् । यसअघि ६० दिन पाउने गरेका थिए ।

स्वास्थ्य उपसमूहका कर्मचारीले एकपटक वा पटक–पटक गरी ६ वर्षसम्म अध्ययन बिदा पाउने भएका छन् । यसअघि तीन वर्षसम्म मात्र बिदा पाउँथे । सो प्रावधानका कारण धेरै चिकित्सकले जागिर छाड्न थालेपछि अध्ययन बिदाको अवधि बढाइएको एक उच्च प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्