Logo
Logo

‘एसियन प्रोफेसनल अचिमेन्ट अवार्ड’द्वारा पत्रकार शम्भु श्रेष्ठ सम्मानीत


6.7k
Shares

काठमाडौं । बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ सम्मानीत भएका छन् । सिजन मिडियाद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी प्रेस संगठनका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार श्रेष्ठ ‘एसियन प्रोफेसनल अचिमेन्ट अवार्ड–२०२३’बाट सम्मानीत भएका हुन् ।

दृष्टि साप्ताहिकका प्रकाशन एवं प्रधान सम्पादक समेत रहेका बरिष्ठ पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ले सम्मान प्रदान गरेका थिए ।

पत्रकारितामार्फत देश र समाजप्रति पु¥याएको अहोरात्र योगदानको कदर गर्दै पत्रकार श्रेष्ठलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । पत्रकार श्रेष्ठले झण्डै चार दशकयता निरन्तर पत्रकारितामार्फत देश र समाजप्रति सक्रिय योगदान गर्दै आएका छन् ।

विभिन्न इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको सिजन मिडिया प्रालिले यस पटक पत्रकार श्रेष्ठलगायत विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्