Logo
Logo

पूर्व लडाकुका लागि सेनामा गरिने राजनीतिक चलखेल स्वीकार्य छैन : शेखर कोइराला


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् ।

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि नेता कोइरालाले आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत राजनितीबाट सधै अलग रहेको संस्थामा नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

ुनेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,ु उनले लेखेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ । ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस,’ उनले भने ।

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले विमत्ति जनाएका हुन् । यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले ती वर्ष पदावधि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्