Logo
Logo

एमाले अध्यक्ष ओली प्युठान जाँदै


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्युठान जाँदैछन्।

बिहान साढे १० बजे हेलिकोप्टरमार्फत उनी आज स्वर्गद्वारी पुग्ने एमाले प्युठानका सांसद सूर्य थापाले जानकारी दिए। ओलीले नौबाहिनी गाउँपालिका प्यूठानले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन्।

नयाँबजार बिजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग साक्षात्कार कार्यक्रम राखिएको छ। यसअघि असोज १६ गते तय गरिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि स्थगित भएको थियो। ​

अध्यक्ष ओली शुरुमा स्वर्गद्धारी मन्दिर आश्रममा दर्शन र पुजाआजा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्