
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्।
एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्की मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। शनिवार ४७ सांसखको स शरीर सनाखत गरी बहुमतको आधारमा कोशीका मुख्यमन्त्री बनेका कार्की हिजै काठमाडौं आएका थिए । उनीे लगत्तै नेपाली कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।
नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन्।














