Logo
Logo

हनुमानढोका दसैँघरमा विधिवतरूपमा राखियो जमरा


1.2k
Shares

काठमाडौं । बडादशैकोको पहिलो दिन आज घर घरमा जमरा राखी नवदुर्गा भवानीको स्थापना गरेका छन् । घटस्थापनाको दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।

बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ । सँगै बन्दुक पड्काएर बढाइँ गरि खशैको सुभारम्भ गरेको छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्