Logo
Logo

१९ क्विन्टल चिनी बरामद


8.7k
Shares

वीरेन्द्रनगर । बिलबिजकबिनै लगिएको चिनी सुर्खेत प्रहरीले उल्लेख्य परिमाणमा बरामद गरेको छ ।

५० केजीको २६ बोरा र २५ केजीको २४ बोरा चिनी सुर्खेत सुब्बाकुना चेकपोष्टमा जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद चिनी १ लाख ५२ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टमा नेपालगन्जबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकमा चिनी बरामद भएको हो ।

चिनी लुकाइछिपाइ राखेको र बिल नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए ।

चाडबाडका बेला चिनी बजारमा अभाव छ । यस्तो बेलामा बिलबिजकबिनै ओसारपसार गरेको पाइएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्