Logo
Logo

इजरायलले ५ नेपाली शव दूतावासलाई बुझायो, छिट्टै नेपाल पठाइने


567
Shares

काठमाडौं । एयालेस्टानी आतंकवादी समुह हमासको आक्रमणमा परि इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव नेपाली दूतावासलाई जिम्मा लगाइएको छ ।

आइतबार इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्