Logo
Logo

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित ३ जना पक्राउ


4k
Shares

काठमाडौं । विराटनगरमा एक २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ परेका छन् । पीडितले दिएको उजुरीका आधारमा बलात्कार घटनामा संलग्न आरोपित तीन यातायात मजदूरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

प्रहरीका अनुसार घटना शनिबार राति विराटनगर महानगरपालिका–३ मा भएको हो । आरोपीहरुले सीटी सफारीमा यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरिराखेको स्थानमा पुर्याइ बलात्कार गरेको प्रहरी अनुसन्धामा खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्