Logo
Logo

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपात हुने


4k
Shares

काठमाडौं । हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपात हुने

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै  र तराईका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्