Logo
Logo

सुनको मूल्य माघयताकै उच्च विन्दूमा (आजको मूल्य यस्तो छ)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ माघ । उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा माघयताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको हो । यही सोमबार र मंगलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला रु ७५ हजार ६०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ ।
यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।
यसैबीच पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भएपनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्