Logo
Logo

४८ वर्षिय नेता नेविसंघको अध्यक्षमा मनोनित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १६ माघ ।

एक वर्षदेखि विवादमा चल्दै आएको कांग्रेसको भ्रातृ संस्था नेविसंघको तदर्थ समिति अध्यक्षमा ४८ वर्षिय नेता राजीव ढुंगाना मनोनीत भएका छन् । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका ढुंगानालाई बिहीबार सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् । उनी नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेलको कार्यकालमा मनोनीत कोषाध्यक्ष थिए। बिद्यार्थी संगठनको अध्यक्षमा ४८ वर्ष उमेरका पाका नेता चयन भएपछि धेरैले आश्चर्य मानेका छन् ।


देउवाले मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) लाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कुँवर देउवापत्नि आरजु राणाको सिफारिसमा महामन्त्री बनेका हुन् भने वैद्य महामन्त्री बन्ने निश्चित गरी पूर्वसंस्थापन खेमाबाट अहिले देउवापक्षमा गएका थिए।
नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ। संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गर्ने मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नवगठित तदर्थ समितिले मनोनीत भएकोमितिले ६ महिनाभित्र नेवि संघको १२ औं केन्द्रीय अधिवेशन गराउनु पर्ने जिम्मेवारी पाएको छ। उनीहरुले अधिवेशनसम्म नेवि संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने तर आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्