Logo
Logo

मौसमी रुघाखोकीबाट कसरी बच्ने ?



काठमाडौं । मनसुन बाहिरिएसँगै देशभर चिसो सुरु भएको छ । चिसो सुरु भएसँगै मानव जीवनमा प्रत्यक्ष असर पर्न थालेको छ ।

चिसो मौसम सुरु भएपछि मानिसको शरीरले आफूलाई पनि त्यो अनुसार ढाल्न थालेपछि सुरु हुन्छ ‘कमन कोल्ड’ । जसलाई चिसो लाग्नु वा रुगा लाग्नु पनि भनिन्छ ।

मौसमी रुघाखोकीमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, ज्वोरो आउने लगायतका लक्षणहरु देखा पर्छन् ।

कसरी बच्ने ?
१ खोक्दा या हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने

२ साबुन पानीले मिचीमिची हात धुने

३ आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने

४ अनावस्यक रुपमा आँखा, नाक तथा मुखमा हात नलैजाने

५ अरुले प्रयोग गरेका रुमाल याकपडा प्रयोग नगर्ने

६ रुघाखोकी लागेका मानिसहरुसंग भौतिक दुरी कायम राख्ने

७ पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने

८ चिसोबाट जोगिने

९ तातोपानी खाने, बाफ लिने

१० सामान्य खोकी लागेको समयमा घरेलु औषधिहरु (तुलसीको पातको रस) खाने

११ इन्फ्लुएञ्जा को–भ्याक्सिन लगाउने ।

प्रतिक्रिया दिनुहोस्