Logo
Logo

ललितपुरमा घर भाडा लिएर वडाअध्यक्षद्वारा कोठी सञ्चालन, तीन युवतीसहित पाँच पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ माघ ।
ललितपुरमा एक वडाअध्यक्षले नै युवतीहरु राखेर कोठी चलाएको खुलेको छ । दक्षिणकाली नगरपालिका–४ का वडाअध्यक्ष पुष्कर खड्काले यस्तो धन्दा चलाएका ह्न । खड्कासहित ६ जनालाई प्रहरीले पत्राmउ परेको छ । पक्राउ पर्नेमा तीन जना यौन व्यवसायमा आबद्ध युवती छन् । त्यस्तै बृजगोपाल श्रेष्ठ र भारतीय नागरिक नवल ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


सानेपास्थित कांग्रेसको पार्टी कार्यालय नजिकै रहेको एउटा चार तल्ले घरमा यौन व्यवसाय सञ्चालन भैरहेको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग सानेपाले छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले माघ १० मा छापा मार्दा वडाअध्यक्ष खड्कासहित तीनजना पुरुष र तीनजना महिला पक्राउ परेको प्रभागका प्रमुख प्रहरी निरिक्षक कोशिव जोसीले बताए ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरी मानव बेचविखनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्