Logo
Logo

एमाले छाडेपछि प्रभु साहकी पत्नीको मेयर पद गयो


6.6k
Shares

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारीको पद गुमेको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै दल त्याग सम्बन्धी ऐन बमोजिम रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको जानकारी दिएको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी समेत रहेको उनी एमाले त्यागेर आम जनता पार्टीमा प्रवेश गरेका थिए । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्