काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनले भने, ‘निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो ।’
प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ ।














