Logo
Logo

बढि मदिरा सेवन गरे के हुन्छ ?



काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको चाडहरुमध्ये दशैं महत्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा आराधना गर्ने गरिन्छ ।

दशैँमा ठूलाबडाको हातबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्परागत चलन छ । दशैमा केटाकेटीहरु पिङ खेल्ने, साथी संगीसँग रमाइलो गर्ने परमपरा छ । घर परिवारका सदस्यहरु एकठाउँमा भेला भएर रमाइलो गर्ने, मिठो खाने, राम्रो लगाउने चलन छ ।

दशैंमा अन्य समयको तुलनामा धेरै नै मासुजन्य परिकारहरु र मदिरा सेवन गर्ने गरिन्छ । अधिक मात्रामा मासुजन्य खानेकुरा र मदिार सेवनले शरीरलाई हानी पुर्याउँछ भन्नेमा हामी सचेत छैनौं । अधिक मात्रामा चिल्लो, गुलियो, नून, खुर्सानी, मसला प्रयोग भएका खानेकुरा र मदिरा सेवनले धेरैको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

मदिरा सेवन गर्नु आफैमा घातक कुरा हो । यसले कदापि, स्वाथ्यलाई राम्रो गर्दैन । अधिक मात्रामा मदिरा सेवन गर्ने व्यक्तिलाई मस्तिस्कघात हुने, व्यक्तिको कलेजोमा बोसो जम्मा भइ कलेजो सुनिने, जन्डिस हुने जस्ता समस्या हुन्छ ।

मदिराको मात्रा बढ्दै गयो भने हृदयघात, जण्डिस र आमाशयमा समस्या आएर अल्सर, क्यानसर भएका धेरै उदाहरण छन् । त्यसैले दशैं हो भन्दैमा अधिक मात्रामा मदिरा सेवान गर्नु घातक छ ।

प्रतिक्रिया दिनुहोस्