Logo
Logo

पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालको चुनौती


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पुर्वराजा ज्ञानेन्द्रलाई आफूले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए।

देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने उनले बताए। नेता नेपालले वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए।

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए। उनले गठबन्धन भत्काउने कोशिस कुनै पनि हालतमा सफल नहुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्