Logo
Logo

डिजिटल तथा रिटेल बैङ्किङ सेवामा सिटिजन्स बैङ्कको अभूतपूर्व फड्को


693
Shares

काठमाडौं । सिटिजन्स बैङ्कले डिजिटाइजेसनको आजको नेपाली बैङ्किङ क्षेत्रमा अभूतपूर्व फड्को मारेको छ । डिजिटल भुक्तानीका माध्यमबाट आम सर्वसाधारणको दैनिक कारोबारलाई बैङ्कले सहज बनाएको छ । सिटिजन्स बैङ्कले सरलीकृत डिजिटल तथा रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैङ्कले आफ्ना आन्तरिक तथा बाह्य प्रणालीलाई डिजिटाइज गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको छ । बैङ्कले थापाथली स्थित आफ्नो कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । जस अनुरूप बैङ्कका ग्राहक सेवा प्रतिनिधिहरूले २४ सैँ घण्टा सेवा प्रदान गर्न सक्छन् ।

यस्तै बैङ्कले बैङ्कका कर्मचारीहरूको संलग्नता बिना नै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ । यस्तो सेवा बैङ्कको दरबारमार्ग, कलङ्की, नयाँबजार, विराटनगर, वीरगन्ज, बुटवलस्थित हस्पिटल लाइन लगायतका शाखामा उपलब्ध छ ।

यसबाहेक बैंक टेलरको सहायता बिनै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत व्यवस्था गरेको छ । सिटजन्स बैङ्क ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गदै आएको छ । 
 
यस्ता छन् बैङ्कका सेवाहरू
१. कार्ड तथा एटिएम सेवा
बैङ्कले नेपाल तथा विदेशमा सञ्चालन गर्न मिल्ने गरी एनपिआर र युएसडी डेबिट कार्ड तथा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । 

विदेश भ्रमणमा जाने ग्राहकहरूको लागि युएसडी ट्राभल कार्डसमेत सञ्चालनमा ल्याएको छ । विदेश जाने नेपालीहरूले सटही सुविधा स्वरुप २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा युएसडी ट्राभलबाट पाउने छन् । 

नेपालमै बसेर अनलाइनमार्फत बस्तु तथा सेवा प्रयोग गर्ने उद्देश्यले ५ सय डलरसम्मको ई–कम कार्डको सुविधा समेत बैङ्कले प्रदान गर्दै आएको छ । सिटिन्जन्स बैङ्कमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराएर ग्राहकले यो सुविधा लिन सक्नेछन् ।
 
बैङ्कले आफ्ना विभिन्न शाखाहरूबाट जिआरई, जिम्याट, टोफेल भिजा प्रोसेसिङजस्ता सेवाहरूको अनलाइन भुक्तानीको समेत व्यवस्था मिलाएको छ । यसबाट डलर खाता नहुने ग्राहकहरूले समेत सेवा सरल रूपमा प्राप्त गर्न सक्नेछन् । 

बैङ्कले तत्काल कार्ड आवश्यक भएका ग्राहकहरूलाई लक्षित गरी इन्टान्ट कार्ड दिने व्यवस्था पनि मिलाएको छ । यस्तो सेवा नेपाली र डलर दुवै किसिमका कार्डमा उपलब्ध छ ।
 
बैङ्कले काठमाडौं, पोखरा, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, धनगढीजस्ता मुख्य सहरमा मात्र नभई जुम्ला, जाजरकोट, मुगुजस्ता दुर्गम स्थानहरूबाट समेत एटिएम सेवा प्रदान गर्दै आएको छ । विभिन्न भौगोलिक स्थानहरूका करिब डेढ सय एटिएमबाट बैङ्कले आफ्नो सेवा विस्तार गरेको छ ।  

२. मोबाइल बैङ्किङ 
सिटिजन्स बैङ्कको मोबाइल बैङ्किङ सेवा सहज, सरल र विश्वसनीय बनाएको छ ।

नेपाली बैङ्किङ क्षेत्रकै उत्कृष्ट विशेषताले भरिपूर्ण मोबाइल बैङ्किङ सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्नेबाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिषा कार्ड अनुरोध, अनलाइन मुद्दती खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टम साथै क्यूआरभुक्तानी जस्ता सेवा प्रदान गरिएको छ । 

मोबाइल बैकिङबाटै कर्जा सुविधा तथा प्रिभिलेज बैङ्किङ जस्तो विशिष्टिकृत सेवाले गर्दा यस बैङ्कको मोबाइल बैङ्किङ एपलाई पृथक, उत्कृष्ट विशेषतायुक्त एप बनाउन मद्दत गरेको छ । अङ्ग्रेजीबाहेक नेपाली भाषामा समेत मोबाइल बैङ्किङ प्रयोग गर्ने सुविधा बैङ्कले प्रदान गरेको छ ।

३. इन्टरनेट बैङ्किङ
सिटिजन्स बैङ्कले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैङ्किङ सुविधा पनि प्रदान गरेको छ । यस अन्तर्गत स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्नेलगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको छ । 

ग्राहकहरूलाई इन्टरनेट बैंकिङमार्फत दैनिक २० लाख र मासिक ५० लाख सम्मको कारोबार गर्ने सुविधा प्रदान गरिएको छ । विश्वको जुनसुकै कुनाबाट समेत इन्टरनेट बैङ्किङ सेवा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।
 
४. डिम्याट र आस्वा सुविधा
सिटिजन्स बैङ्किले डिम्याट तथा आस्वा सेवासमेत प्रदान गर्दै आइरहेको छ । बैंकको डिम्याट सेवा छिटो, छरितो र स्तरीय रहेको छ ।

बैंकले ग्राहकहरूलाई अनलाइनमा मेरोसेयरमार्फत वा बैंकका शाखा कार्यालयमा उपस्थित भई सेयर आवेदन गर्ने सुविधा प्रदान गरेको छ । 

ग्राहकको सहजताको लागि आफ्नो डिम्याट तथा सिआरएन नम्बरको विवरण मोबाइल बैंकिङबाटै समेत हेर्न सक्ने व्यवस्था बैंकले मिलाएको छ । 

. अनलाइन सुविधा
अनलाइन सिस्टममार्फत प्रभावकारी सेवा प्रदान गर्न र बैंकसम्म नआई सेवा प्रदान गर्न बैङ्कले नयाँ भिसा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक गर्ने सुविधाजस्ता सेवाहरू अनलाइन तथा मोबाइल बैंकिङमार्फत प्रदान गरिरहेको छ । 

यसैगरी ग्राहकहरूले क्यूआर कोड रजिस्ट्रेसन अनुरोध, एकाउन्ट नम्बर परिवर्तन, मोबाइल नम्बर परिवर्तन जस्ता अनुरोध पनि अनलाइनबाट गर्न सक्नेछन् । त्यसबाहेक मेरो सेयर अनुरोध, सिआरएन नम्बर अनुरोध, मेरोसेयर पासवर्ड अनुरोध, मेरो शेयर रिन्यू जस्ता सेवाहरू अनलाइनमार्फत समेत गर्न सक्ने व्यवस्था बैंकले  गरेको छ ।

६. विप्रेषण सेवा
सिटिजन्स बैङ्कले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै विप्रेषण सेवा ‘सिटिजन्स रेमिट’ सञ्चालनमा ल्याएको छ । 

यसका साथै नेपालका अन्य विप्रेषण कम्पनीहरूसँग समेत सहकार्य गर्दै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । यसबाट रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था नरहने बैङ्कको विश्वास छ । 

यसबाहेक बैङ्कले आफ्नै मोबाइल बैङ्किङ प्रयोग गरी रेमिटेन्स प्राप्त गर्ने सेवाका साथै “सिटिजन्स रेमिट” मार्फत प्राप्त रकम जुनसुकै बैङ्कमा तुरुन्तै जम्मा गर्ने व्यवस्थासमेत गरेको छ । 

७. डिस्काउन्ट तथा अफरहरू 
डिजिटल  कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैङ्कले विभिन्न संस्थाहरू सँग मिलेर सहकार्य गर्दै आएको छ । बैङ्कले विभिन्न हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ । भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटल लगायतमा समेत  बैङ्कका ग्राहकहरूले यस्तो सुविधा प्राप्त गरिरहेका छन् । 

बैङ्कले दराज अनलाइनमा सपिङ गर्दा प्रत्येक बिहीबार रु ५ सय सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ भने पहिलो कार्ड कारोबारमा रु १५० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्