काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे । उनले मुलुकको आफ्नै विविधता भएपनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे ।
मुलुकको एकता बिथोल्न जनतालाई मुर्ख बनाउने प्रयास भइरहेको भन्दै सजक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए ।समाज बिकृत गैरजिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासीत बनाउने काम गर्न उनले सुझाव दिए ।














