Logo
Logo

ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा दिँदै आएको ब्रोकर कमिसन घटाउने भएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले कमिशन घटाउने निर्णय गरेको हो ।

बोर्डले उक्त निर्णय अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने ती अधिकारीले बताए ।

बोर्डले ब्रोकर कमिशन घटाउने भन्दै यसअघि पटक–पटक लगानीकर्ता र ब्रोकरसँग छलफल गरेको छ । बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्