Logo
Logo

एसएसपी राणाविरुद्ध बलात्कारको उजुरी, आफ्नै हाकिमलाई पक्राउ गर्ने प्रहरी तयारी


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ माघ ।
संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख एसएसपी सौरभ राणाविरुद्ध बलात्कारको जाहेरी परेको छ । जाहेरी परेसँगै उनलाई निलम्बन गरिएको छ । लामो समयदेखि राणाले यौन शोषण गरेको भन्दै जाहेरी दिएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि बिहीबार निलम्बन गरेको थियो ।


सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले राणाविरुद्ध जबरजस्तीकरणीको कसुरमा किटानी जाहेरी दर्ता भएको बताए । ती महिला सहकर्मी भएको बताइएको छ । महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । शुक्रबार अदालत बन्द भएकाले प्रक्रिया नपुगेको डिएसपी शर्माले जानकारी दिए । ‘हामीले प्रतिवेदन अदालतमा पेस गरेका छौँ । अदालतले पक्राउ आदेश जारी गरे, हामीले हाम्रो काम गर्छौँ,’ डिएसपी शर्माले भने ।
राणाले विसं २०६९ सालमा एसपी हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरी र क्षेत्रीय ट्राफिक इटहरी बस्दा ती महिलासँग चिनजान भई हिमचिम बढेको थियो । यता राणाले आरोप सत्य नभएको दावी गर्दै आएका छन् । एसएसपी राणालाई बिहीबारदेखि ६ महिनाको लागि निलम्बन गरिएका गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
तीन महिनाअघि नै राणाविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थिएन । छानबिन नभएपछि पीडित महिलाले जाहेरी दिएकी हुन् । धरानकै एक स्थानीय महिलासँग राणाको विवाद भएको थियो । त्यही कारण उनी बर्बाद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्