Logo
Logo

आगामी निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा


630
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनैपनि पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् ।

प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने दावीसमेत गरेका छन् । ‘गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए काँग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जाँदैनौँ ।’

उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए । निर्वाचन आउन ४ वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्