Logo
Logo

भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल : रास्वपा


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल भएको बताएका छन् ।

रास्वपा काठमाडौं क्षेत्र नम्बर–२ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुराउन नसकेको बताएका हुन् । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोश्रो पन्ना पल्टाउन नसकेको उनले बताए ।

सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारबाही गर्ने जिकिर गरे । उनले कोशी प्रदेशमा महागठबन्धन बनेसँगै अब सैद्धान्तिक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एकमात्रै प्रतिपक्षी दल भएको बताए ।

त्यस्तै, लामिछानेले रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न चूनौति दिए । नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनले बताए । त्यस्तै उहालेनेपाली जनताको हित र मुद्धामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्