
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव सिर्जना भएको छ ।
उपाध्यक्षका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्षमा पराजित उम्मेदवार र महासचिवका उम्मेदवार लगायतले सिस्टम ह्याक गरेर चुनाव जितेको भन्दै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।
पौडेलेले भने, ‘म आफैंले हालेको भोट पनि देखाइएन । म आफुले आफुलाई समेत भोट नहाल्ने अवस्था हुँदैन । मलाई लगभग ८० प्रतिशतले भोट हालेका छन् । तर शून्य देखाइयो । यो हामी स्वीकार्न सक्दैनौं ।’
उनीहरुले निर्वाचन रद्द हुनुपर्ने र गम्भीर छानबिन गरि दोषीलाई कडा कारबाही गरिनुपर्ने बताएका छन् । निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने माग उठेकाे छ ।














