काठमाडौं । त्रिकोणात्मक श्रृखलामा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको छ ।
आठौं ओभरमा भए । त्यसअघि ५.६ ओभरमा ओपनर आसिफ शेख २० रन बनाएर आउट भएका थिए । सोमपाल कामी ८ रन र अर्का ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।

अहिले कप्तान कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी ब्याटिङ गर्दैछन्। नेपालले १० ओभरमा चार विकेट गुमाएर ६७ रन बनाएको छ ।
नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ । यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । आइतबार हङकङ र युएईबीच खेल हुनेछ । सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ ।














