Logo
Logo

झापामा सवारी दुर्घटना हुँदा २ जनाकाे मृत्यु


882
Shares

दमक । झापाको अर्जुन धारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । झापको अर्जुनधारा नपा ३ खुदुनाबारीस्थित सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु१च ६८६३ न को छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे५प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक यम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्