उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा भएको खुल्ला पुरुष भलिबलको उपाधि खाबु कुभिण्डेले जितको छ । नेकपा माओवादी केन्द्रको जारी बिशेष रुपान्तरण अभियान अन्तर्गत योङ कम्युनिष्टलिग (वाईसिएल) नेपाल साउनेद्वारा आयोजित प्रतियोगिताको फाइनलमा त्रि.न.पा. १५ खाबु कुभिन्डेले त्रि.न.पा. ७ चुहाडेलाई पराजित गर्दै उपाधि जितेको हो ।
शुक्रबार भएको फाइनल खेलमा दुवै टोलीले २–२ सेट जितेको थियो भने अन्तिम सेटमा चुहाडेलाई ११ मा रोकेर खाबुँले उपाधि चुमेको हो । प्रतियोगिताको प्रथम टोली खाबु कुभिण्डेले मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरे भने दोस्रो टिम चुहाडेले मेडल, प्रमाण पत्र र नगद रु. १० हजार प्राप्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि एन्फाका महासचिव किरण राई, त्रिनपा–१४ को वडाअध्यक्ष हेम मगर लगायतले संयुक्तरुपमा विजेता टोलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । सो अवसरमा एन्फाका महासचिव राईले नेकपा माओवादीको जारी रुपान्तरण अभियानले पार्टीलाई मजबुत र व्यवस्थित गर्दै लगेको र जनतालाई उत्साहित पारेको बताए ।
त्यस्तै, नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल संचालन गरेको बताए । उनले जारी अभियानसँगै पार्टीप्रति युवाहरुको प्रगाढ सम्बन्ध र आकर्षण बढेको बताए ।
यस्तै, अर्का वक्ता वडाध्यक्ष मगरले इतिहासमा माओवादीले भ्रष्टाचारको फाइल खोलेर अगाडि बढेकाले जनतामा माओवादी पार्टीप्रतिको बिश्वास बढदै गएको बताए ।
नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल सञ्चालन सँगै पार्टीप्रति युवाहरूको प्रगाढ सम्बन्ध र आकर्षण बढेको बताए ।
राईले ईतिहासमा माओवादीले भ्रष्टाचारको फाईल खोलेर अगाडि बढेकाले जनतामा माओवादी पार्टी प्रतिको बिश्वास बढदै गएको जनाए । कात्तिक १ गतेबाट सुरु भएको खेल ३ गतेसम्म चलेको थियो ।














