Logo
Logo

पाल्पामा स्कारपियो दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु


18.1k
Shares

कमाठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको स्कारपियो रानीमहल नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप दुर्घटनामा हुँला ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । तीन जना महिला, दुई बालबालिका तथा एक पुरूषको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा रहेकाे बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा जिप खसेकाे थियाे । जिप सडकदेखि ७० मिटर तल खसेको थियो प्रहरीले जानकारी दिएकाे छ ।

मृतकको सनाखत हुन बाँकी नै छ । कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्