Logo
Logo

इजरायलमा रहेका नेपालीलाई अनलाइन विवरण भर्न दूतावासको आह्वान



काठमाडौं । इजरायलमा रहेका सम्पूर्ण नेपालीले अनलाइनमार्फत विवरण भर्नुपर्ने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले आफ्नो विवरण भर्न भनेको छ ।

हमास आक्रमणपछि यसअघि घर फर्किन चाहनेहरूको लागि मात्र अनलाइन फर्म खुला गरिएको थियो । तर, अब भने इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई विवरण भर्न अनिएको छ ।

इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो । आगामी दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन दूतावासले आह्वान गरेको हो ।

नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको भन्दै परिस्थिति बिग्रँदै गए आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै दूतावासले आफ्ना नागरिकको विवरण संकलन गर्न थालेको हो ।

दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्ममार्फत इजरायलमा रहेका नेपालीले आफ्नो विवरण पर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्