Logo
Logo

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता


189
Shares

फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल स्वदेश फर्केका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)मा सहभागी भएर उनी आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानाकारी दिए ।

गत हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरम लाई सम्बोधन गरेका थिए । चीनमा रहँदा उनले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्