Logo
Logo

नेपालले युएईलाई दियो २८१ रनको लक्ष्य


2k
Shares

काठमाडौं । एसिसि यू–१९ प्रिमियर कपको उपाधिका लागि युएईलाई नेपालले २ सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले उक्त लक्ष्य दिएको हो ।

कप्तान देव खनालको कीर्तिमानी शतकको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो। खनालले ९० बलमा शतक रन पुरा गरेका थिए ।

नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए ।
उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्