Logo
Logo

सीमा क्षेत्रमा कोरोना सहायता कक्ष


- दृष्टि न्युज/संवाददाता

0
Shares

भैरहवा, २० माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए ।
सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शंका लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्