Logo
Logo

श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु


2.3k
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कमा एक महिलाको हत्या भएको छ । लालीखर्कका ४० वर्षीय दावा शेर्पाले दाउराको चिर्पट प्रहार गरेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।

बिहिबार राति मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

श्रीमान्–श्रीमतीबीच घरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने दावालाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

मृत श्रीमतीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्