Logo
Logo

हामी कहिल्यै डेटिङ गएनौं- रीम राई, विजनेश वुमेन


- दृष्टि न्युज/संवाददाता

63
Shares

सौन्दर्य प्रतियोगितामा सहभागी भएका अधिकांश महिला मोडलिङ वा फिल्म क्षेत्रमा लाग्छन् । तर, रीम राईले भने ठीक उल्टो बाटो रोजिन् । ‘मिस मंगोल–२००९’मा सेकेण्ड रनरअप उपाधि जितेपछि धेरैले उनी ‘हिरोइन’ बन्छिन् भन्ने आँकलन गरे । त्यो बेलामै उनले कल्चरल नेपाली फिल्म ‘रिसिम’मा अभिनय समेत गरिन् । त्यसैले रीम मोडल वा हिरोइन बन्छिन् भन्ने थियो । तर, रीम ‘विजनेश वुमेन’ बनिन् । उमेरले सानै छिन् । तर, उनीसँग विभिन्न व्यवसायीको अनुभव छ । दुई वर्षअघि सिन्धुपाल्चोकको सुकेटेमा ‘रक रिभर साइड रिसोर्ट’ र ‘रीम बुटिक एण्ड कलेक्शन’मार्फत व्यवसायी सुरु गरेकी रीमले हाल ‘घरआँगन अनलाइन स्टोर’, अतिथि गृह ‘होम–स्टे’ र माई इलाम गल्र्स होस्टेल सञ्चालन गर्दै आएकी छन् । ‘घरआँगन स्टोर’को शोरुम चाबहिलमा छ भने, बसुन्धाराहाइटमा ‘अतिथि गृह’ होम–स्टे । सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सघाउ पु¥याउने उद्देश्यले ‘होम–स्टे’ सञ्चालनमा ल्याएको उनको भनाइ छ । यिनै ‘विजनेश वुमेन’ रीमसँग एमपी सुब्बाको जम्काभेट :

साहै्र व्यस्त देखिनुहुन्छ । के गर्दै हुनुहुन्छ ?

व्यस्त नै छु । तीनतिर व्यवसायी छ । दिभर यता र उता दौडधुप गर्दैमा व्यस्त हुन्छु ।

यता र उता भन्नाले के–के व्यवसाय गर्दै हुनुहुन्छ ?

भर्खरै घर आँगन अनलाइन स्टोर सञ्चालनमा ल्याएकी छु । यसको शोरुम चाबहिलमा छ । बसुन्धारामा होम–स्टे सञ्चालन गर्दै आएकी छु । त्यस्तै, होस्टेल पनि मैले नै हेर्नुपर्छ । माई इलाम गल्र्स होस्टेल महाराजगञ्जमा छ । त्यसैले कहिले उता, कहिले यता दौडिरहनुपर्छ ।

एक्लैले तीन वटा व्यवसाय कसरी धान्नुहुन्छ ?

हो, त्यसैले व्यस्तता बढी नै छ । सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेसँगै त्यसमा थप टेवा पु¥याउन सकिन्छ भन्ने हिसाबले होम स्टे सञ्चालनमा ल्याएकी हुँ । ‘पर्यटन वर्ष–२०२०’लाई सफल बनाउन एक नेपाली नागरिकको हिसाबले के गर्न सकिन्छ भन्ने सोच आयो । त्यसपछि रिसोर्ट सञ्चालनमा ल्याएकी हुँ ।

‘घर आँगन अनलाइन स्टोर’ सुरु गर्नुभएको छ । कस्तो छ अनलाइन व्यापारको बजार ?

राम्रो छ । अबको जमाना भनेकै अनलाइनको हो । सबै मान्छे व्यस्त हुन थाले । मान्छेसँग बजारमा गएर शपिङ गर्ने समय हुन छाड्यो । यस्तो अवस्थामा विकल्प भनेकै अनलाइन शपिङ नै हो । तैपनि मैले दुईटै सुविधा दिएकी छु । सिधै शोरुममा आएर पनि आफूले मनपर्ने पहिरन किन्न सकिन्छ ।

तपाइँको स्टोरमा के–के पाइन्छ ?

लेडिजलाई आवश्यक पर्ने सबै किमिका पहिरन उपलब्ध छ । क्याजुअलदेखि सारी, गाउन, ज्वलरी सबै पाइन्छ । फिल्म र म्युजिक भिडियोहरुका लागि समेत पहिरन उपलब्ध गराउँदै आएकी छु ।

मोडलिङ छाडेर कसरी व्यवसायीतिर लाग्नुभयो ?

मेरो सानैदेखि रुचि व्यापार÷व्यवसायीमा थियो । मोडलिङ र अभिनयचाहिँ साथीहरुको अनुुरोध र करैले मात्र गरेकी हुँ । करैले गर्दा फिल्ममा अभिनयसमेत गरेँ । अभिनयमा रुचि नभएपनि फिल्ममा लगानी गर्ने मेरो सोच छ किनकि मेरो सोच नै व्यापार÷व्यवसायीमै छ ।

फिल्म निर्माण गर्ने सोच कहिले पूरा गर्नुहुन्छ ?

तुरुन्तैचाहिँ होइन । तर, केही वर्षभित्र फिल्म बनाउँछु । मलाई व्यवसाय फिल्म गर्ने सोच छ । जसरी हुन्छ, व्यवसाय गर्ने हो । फिल्ममा लगानी पनि एउटा व्यवसाय नै हो ।

उमेरले सानै हुनुहुन्छ । यो उमेरमै यति धेरै व्यवसाय गर्ने प्रेरणा र स्रोत कहाँबाट पाउनुभयो ?

सबैभन्दा ठूलो सोच हो । त्यसपछि आँट पनि हुनुपर्छ । सोच बनाएर आँटेपछि पुग्दोरहेछ । अहिले घरपरिवारबाट पनि साथ पाएकी छु ।

प्रशंग बदलौँ, अन्तरजातीय विवाह गर्नुभएको छ । अन्तरजातीय विवाहको अनुभव शेयर गर्न मिल्छ ?

मिल्छ । मैले अन्तरजातीय विवाह गरेकी हुँ । सुरुमा चाहिँ गाह्रो हुँदोरहेछ किनकि, एक–अर्काको कल्चरमा समाहित हुन समय लाग्ने रहेछ । यो अन्तरजातीय सम्बन्धलाई बुझिञ्जेलसम्ममा समय बित्ने रहेछ । अहिले त सहज लाग्न थाल्यो । मेरो काममा उहाँ (पति)ले पनि सपोर्ट गर्नुभएको छ ।

तपाइँले प्रेम विवाह गर्नुभएको होइन त ?

प्रेम विवाह नै हो । तर, हामी कहिल्यै डेटिङ गएनौँ । उहाँ ट्राभल्स क्षेत्र भएकाले कामकै सिलसिलामा एकअर्कालाई माया गर्न थाल्यौँ । त्यसपछि विवाह गरेका हौँ ।

प्रतिक्रिया दिनुहोस्